Monday, June 1News That Matters

उदयपुरमा ७ वर्षीया बालिका करणी गरि फरार भएका थारु पक्राउ

पूर्णपुष्टि, असोज २७ गते ।
उदयपुुरमा सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरि फरार भएका एक युवा सोमबार पक्राउ परेको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका–९ ज्यामिरे बस्ने २० वर्षीय दर्पण पञ्जियार (थारु) लाई प्रहरीले पक्राउ गरेको हो ।
आइतबार करणी गरी फरार भएका उनलाई सोमबार राति इलाका प्रहरी कार्यालय बेल्टारको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी राकेश कुमार पोदारले बताए ।
पक्राउ परेका उनीमाथि इलाका प्रहरी कार्यालय बेल्टारमै थप अनुसन्धान भइरहेको प्रहरीले पोदारले जनाएको छ ।