
पूर्णपुष्टि, भदौ ७
उदयपुरमा बन्दले लामो तथा छोटो दुरीका यात्रुहरुलाई समस्या पारेको छ । मंगलबार नेपाल कम्युनिष्ट पार्ट (विप्लव) ले गरेको नेपाल बन्दका कारण बिहानै बाट सवारी तथा बजार पसल बन्द अवस्था छ । अत्यावश्यक वाहेक सबै क्षेत्रहरु बन्द गरिएको उदयपुरका पार्टी इन्चार्ज लक्ष्मण पौड्यलले जनाउनुभयो ।

उहाँले पछिल्लो समय असिमित मुल्यबृद्धी, अनियमिता, कालोवाजारी, भ्रष्टचार, कमिसन खोर, तस्करी, राष्ट्रिय स्वाधिनतामाथीको हस्तक्षेप लगायतको कारणहरु देखाउँदै यसलाई सच्याउन माग सहित वन्द आह्वान गरेका इन्चार्ज पौड्यलले जानकारी दिनुभयो । सरकारले गरेको प्रतिवद्धता समेत पुरा नगरी एक्लो हिसावले चलेको र पार्टी र सरकारवीच भएको सम्झौताहरु पनि वेवस्ता गरीएको भन्दै वन्द गर्नु परेको जनाए । सामान्य दुई पांग्रे सवारी र अत्यावश्यक सवारी वाहेक लामो तथा छोटो दुरीका सवारीहरु ठप्प रहेको छ भने बिभिन्न कार्यालय संघ संस्थाहरु पनि ठप्प पार्न विज्ञाप्तीमा आह्वान गरिएको छ ।





