Sunday, April 19News That Matters

उदयपुर आईडलको अडिसन साउन ३० देखी सुरु हुने , काहाँ – काहाँ हुँदैछ ?

पूर्णपुष्टि, २६ साउन ।
उदयपुरमा पहिलो पटक हुन लागेको उदयपुर आईडलको अडिसन यहि साउन ३० देखी हुँदैछ । आयोजक उदयपुर कलकार समाजका अनुसार साउन ३० देखी भदौ ७ सम्म उदयपुरका बिभिन्न स्थानहरुमा अडिसन हुने भएको हो । अडिसन जिल्लाको सदरमुकाम गाईघाट, कटारी, रामपुर, बेल्टार र नेपालटार गरी ५ शहरमा हुने आयोजकको भनाई छ ।

आयोजकका अनुसार ३० गते रामपुरको नेपाल आदिवासी जनजाति महासंघको भवनबाट अडिसन सुरु हुने छ । त्यस पश्चात क्रमश : भाद्र १ गते बेल्टारको उदयपुर डान्स स्टुडियो, भाद्र ३ गते नेपालटारको सामुदायिक भवन, भाद्र ४ गते कटारीको होटल म्याजेस्टी, र भाद्र ७ गते गाईघाटको होटल टाउन हलमा अडिसन सम्पन्न हुने छ । स्थानीय कलकारहरुलाई आईडलको रुपमा ब्राण्ड गर्दै उदयपुरे आवाजलाई व्यवसायी रुपमा अघि बढाउने उदेश्य सहित पहिलो पटक उदयपुर आईडलको आयोजना गरिएको आयोजकको भनाई छ ।