
पूर्णपुष्टि, जेठ ८ । उदयपुर ए डिभिजन लिग फुटबल प्रतियोगितामा लालिगुराँस नव युवा क्लब भागलपुर र आदर्श युवा क्लब उदयपुरगढीले अंक बाढेको छ ।
मंगलबार दिउँसो भएको दोस्रो समुह चरणको खेलमा लालिगुराँस नव युवा क्लब भागलपुर र आदर्श युवा क्लब उदयपुरगढीले गोल रहित बराबरी खेल्दै अंक बाढेको हो । यस प्रतियोगिताको म्यान अफ द म्याच भागलपुरका जर्सि नं १ का गोल रक्षक बिकेश बस्नेतले पाए ।
समुह ‘ख’ को समुह चरणको दुबै खेलमा बराबरी खेलेको लालिगुराँस नव युवा क्लब भागलपुरको २ अंक छ भने एक खेलमा पराजित र एक खेलमा बराबरी खेलेको आदर्श युवा क्लब उदयपुरगढीको १ अंक छ । समुह ख मा रहेको फ्युजन क्लब बोक्से र नव प्रभात नेपाल पोर्ताहा बिच भोली समुह चरणको दोस्रो खेल हुनेछ । एक खेलमा विजयी भएको फ्युजन क्लब बोक्से ३ अंक सहित समुहको शिर्ष स्थानमा रहेको छ भने एक खेलमा बराबरी हुँदै अंक बाढेको नव प्रभात नेपाल पोर्ताहाको १ अंक छ ।