Tuesday, April 21News That Matters

‘उदयपुर कोरा साईक्लिङ च्यालेन्ज २०२५’ साउन ३ गते हुने

पूर्णपुष्टि, असार २५ । कोरा साईक्लिङ च्यालेन्ज ‘उदयपुर कोरा २०२५’ आगामी महिना साउन ३ गते हुने भएको छ । उदयपुर साईक्लिङ संघको आयोजनामा हुन लागेको कोरा च्यालेन्ज सदरमुकाम गाईघाटदेखि सुरु गरि जलजले–चुहाडे– राजाबास हुँदै होटल वल्ड दरबार रातमाटे बोक्सेमा समापन हुनेछ ।

साईक्लिङ संघ उदयपुरका अध्यक्ष माधव बानियाँका अनुसार यसपटक ५० किलोमिटरको यात्रा तय भएको छ । यस कोरा च्यालेन्जमा उदयपुर सहित बिभिन्न जिल्लाबाट साईक्लिष्टहरु सहभागी हुने अध्यक्ष बानियाँले बताए । साईक्लिङ संघ उदयपुरका निवर्तमान अध्यक्ष जिनेन्द्र रोईले यस कार्यक्रमले साईक्लिङ संस्कृतिको प्रवर्धन, लागु–औषध रहित स्वास्थ जीवनशैली र वातावरण संरक्षको सन्देश फैलाउनुका साथै सामाजिक कार्यका लागि कोष संकलन गर्नु रहेको बताएका छन् ।

कोरा साईक्लिङ च्यालेन्ज नेपालको सबैभन्दा ठुलो साइक्लिङ कार्यक्रम हो, जुन सन् २०११ मा २५ जना साइक्लिस्टहरुबाट सुरु भएको थियो । यो प्रत्येक बर्ष जुलाइ तेस्रो साता शनिबार आयोजना हुदै आएको छ । हाल यो कार्यक्रम उदयपुर सहित काठमाण्डौँ, ललितपुर, पोखरा, बुटवल, बिराटनगर लगायतका सहरहरुमा हुदै आएको छ ।