उदयपुर क्षेत्र नं २ (ख) बाट कांग्रेसको प्रदेश माहाधिवेशन प्रतिनिधिमा जनजाति तर्फ राजिव तामाङको उम्मेदवारी

पूर्णपुष्टि, कार्तिक ३०
कांग्रेस १४ औँ माहाधिवेशनमा प्रदेश माहाधिवेशन प्रतिनिधि पदका लागि उदयपुर क्षेत्र नं २ (ख) बाट राजिव तामाङ (ठुले भाई) ले जनजाति तर्फको उम्मेदवारी घोषणा गरेको छ । उनले महाधिवेशन लाई सफल पार्न र कांग्रेस पार्टीलाई मजवुद बनाउन साथै पार्टी र जनताका निम्ति राम्रो व्यक्ति छान्न आफ्नो उम्मेदवारी घोषणा गरेको जनाएको छ ।

उनले त्यसका लागि जनजाति तर्फको उम्मेदवारीमा आफुलाई महत्वपूर्ण भोट आउनेमा पनि आशा व्यक्त गरे । उम्मेदवारी घोषणा सँगै तामाङले सम्पूर्णलाई अमुल्य भोटको आग्रह समेत गरे । उनले प्रदेशमा राम बहादुर पोखरेल र क्षेत्रमा राम कुमार खत्रीको टिमबाट उम्मेदवारी दिएको जनाएको छ ।

नजिकिँदै गरेको माहाधिवेशनलाई सफल पार्न पार्टीका लागि आफ्नो सम्पूर्ण त्याग तपस्या सहित आफु चुनावी मैदानमा उत्रेको भन्दै सबै सँग आशिर्वाद, सहयोग, सद्भाव र अमुल्य मतको समेत आग्रह गरे । प्रदेश नं १ उदयपुर निर्वाचन क्षेत्र १ अन्तर्गतको (क) र (ख) को यहि मंसिर ३ गने निर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: