Monday, May 4News That Matters

उदयपुर प्रहरीको “आई डियर नो ड्रग क्याम्पियन” अभियानमा दशौँ हजार मानिसको उपस्थित

पूर्णपुष्टि, ५ फागुन ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले संञ्चालन गरिरहेको लागु् औषाध नियनत्रण प्रयास कार्यक्रम (आई डियर नो ड्रग तथा से नो टु ड्रग) अभियानमा हजारौँ मानिस उत्रिएको छ । शुक्रबार त्रियुगा बसपार्क स्थित दोस्रो प्रदेश महोत्सवको स्थलमा आयोजित लागु औषाध नियन्त्रणको कार्यक्रममा १० हजार बढी मानिस उत्रिएको जनाईएको छ । उदयपुरमा रहेको बढ्दो लागु औषाध नियन्त्रण गर्न प्रहरीले उक्त अभियान संञ्चालन गरेका थिए । बिगतमा पनि प्रहरीले प्रयोगकर्ताहरुलाई सचेतना र डिलरहरुलाई कार्वाही गर्दै आएका थिए ।

प्रहरीले मंसिर ९ गते लागु औषाध दुव्र्यसनीहरुलाई एक दिनको मरामर्श र दुव्र्यसनबाट पर रहने प्रतिवद्धतानै गराएका थिए । त्यस कार्यक्रमबाट उनिहरु प्रभावित पनि भएको छ । प्रहरीले परामर्श पछि उनिहरुको लगतार निगरानी पनि गरिरहेको छ । हरेक शनिवार प्रयोगकर्ताहरुको घरघरमै गएर उनिहरुको अवस्था बुझ्ने काम प्रहरीले गर्दै आएको छ । यसलाई थप प्रभावकारी बनाउन प्रहरीले सार्वजानिक स्थानमै कार्यक्रमको आयोजना गरेका थिए । जसमा नेपालका चर्चित र्यापर आषिश राना (लाउरे) लाई बोलाईएको थियो । लाउरे आपुपनि पहिले लागु औषाधमा फसेका थिए । उनले अहिले त्यो बाटो छाडेर ब्यवसायीक रुपमा संगित क्षेत्रमा लागेको छ भने बिभिन्न कार्यक्रमहरुको नेतृत्व गर्छ । उनि पछिल्लो समय हिमालय रोडिजको जर्जको रुपमा देखिएको थियो ।