Tuesday, June 9News That Matters

बरुवा बसपार्क महोत्सबको भिँडबाट मोटरसाईकल हरायो, खोजीको लागि आह्वान

पूर्णपुष्टि, ५ फागुन ।
शुक्रबार राति महोत्सव हेर्न गएका एक युवकको मोटरसाईकल हराएको छ । महोत्सव हेर्न बरुवा बसपार्क पुगेका उदयपुरगढी गाउँपालिका ६ नेपालटारका का ३४ बर्षिय मोहन कुमार मगरको मोटरसाईकल महोत्सवको भिँडबाट हराएको हो । मगरले मोटरसाईकल पार्किङ गरी महोत्सव भित्र छिरेको र महोत्सव सकिएसँगै बाहिर निस्कदा राखेको ठाउँमा मोटरसाईकल नभएको जनाए । मगरको प्र १–०५–००१ प ६२१८ नं को टु ट्वान्टी पल्सर मोटरसाईकल राखिएको स्थानबाटै हराएको भन्दै खोजीको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा निवेदन दिएको छ । महोत्सवमा शुक्रबार राती दशौँ हजार मानिस उपस्थित थिए । मगरले कहिकतै कसैले फेला पारेमा नजिकैको प्रहरी चौकी अथवा सम्पर्क व्यक्ति को फोन नं ९८४०९०७०९९ सम्पर्क गरी जिम्मा लगाईदिन अनुरोध गरेको छ ।