Sunday, May 3News That Matters

गाईघाटमा होटल सञ्चालन गरी यौन धन्दा चलाएको आरोपमा एक महिला पक्राउ

पूर्णपुष्टि, फागुन ४ । उदययपुरको सदरमुकाम गाईघाटमा होटस सञ्चालन गरी यौन धन्दा चलाएको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा त्रिनपा–१ जोगीदह घर भई त्रिनपा–१२ गाईघाटमा होटल सञ्चालन गर्दै आएकी ३५ बर्षीया देवकुमारी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार ती महिलाले लामो समयदेखि युवतिहरुलाई बिभिन्न लोभ लालच देखाएर होटलमा यौन क्रियाकलापमा सहभागी गराउदै आएकी थिइन् ।

विशेष स्रोतबाट प्राप्त सूचनाको आधारमा जिप्रका उदयपुरबाट खटिएको विशेष टोलीले उनलाई बिहिबार नियन्त्रणमा लिएको डिएसपी चौधरीले बताए । पक्राउ परेकी महिलालाई मानव बेचबिखन मुद्दामा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यसअघि पनि एक होटल संचालक यौन धन्दा चलाएको आरोपमा पक्राउ परेका थिए ।