उदयपुर प्रहरीको गाडी दुर्घटनाका १९ प्रहरीको बिराटनगरमा र बाँकीको गाईघाटमै उपचार हुँदै

पूर्णपुष्टि, मंसिर ४ शुक्रबार राती भएको प्रहरीको गाडी दुर्घटनाका घाईतेहरुको उपचार भईरहेको छ । कटारी बाट डिउटी सकेर गाईघाट तर्फ आईरहेको बा १ ग २१६८ नम्बरको वान टन ट्रक उदयपुरगढी गाउँपालिका– ७ अँधेरी जोगीटोलमा दुर्घटना हुँदा २४ जना प्रहरी घाईते भएका थिए ।
घाईतेहरुमध्ये १९ जनाको बिराटनगरको नोवेल हस्पिटलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेद प्रसाद गौतमले जनाए ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशनको प्रदेश अधिवेशनबाट कटारीबाट गाईघाट आउँदै गरेको वान टन ट्रक मदन भण्डारी लोकमार्गको गाईघाट – नेपालटार खण्डमा साँझ ८ः१५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

ओरालोमा वन टनको ब्रेक फेल भएर पल्टिएको जनाएका छन । दुर्घटनामा ४ जना गम्भिर घाईते भएका छन भने २० जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । बस्ती अगाडी दुर्घटना भएकाले स्थानीयबासीले उद्धार गरि जिल्ला अस्पताल गाईघाट, त्रियुगा हस्पिटल गाईघाट, रौता हस्पिटल लगायत हस्पिटलमा उपचार गरिरहेको छ भने गम्भिर ४ जनालाई बाहिर पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।
घटना स्थलमा जिल्ला प्रहरी प्रमुख सुभाष चन्द्र बोहरा, डिएसपी बेदप्रसाद गौतम, जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख लिला बहादुर श्रेष्ठ लगायतका टोलीले घाइतेको उद्धार गरेको छ । उद्धार कार्य जारी नै रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: