
पूर्णपुष्टि, माघ ८
लागुऔषाध गाँजा सहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । उनिहरुलाई बाराहाक्षेत्र नगरपालिका ६ बाट प्रहरीले पक्राउ गरेको हो । उदयपुरको चौदण्डीगढी नगरपालिका १ का नवहाङ किराँती र सुनसरी बराहाक्षेत्र नगरपालिका ६ का नगेन राईलाई गाँजा बेच्ने क्रममा पक्राउ गरिएको प्रदेश प्रहरीले जनाएको छ । उनिहरुको साथ बाट प्रहरीले ६ किलोग्राम गाँजा र २ थान साइकल समेत नियन्त्रणमा लिएको छ ।

नगेन्द्र बाराहाक्षेत्र नगरपालिकाका ३ का स्थानीय हुन् भने किराँती चौदण्डीगढी १ का स्थानीय रहेको प्रहरीले जनाएको छ । उनिहरुलाई मंगलबार राती गाँजा बेच बिखन गर्ने क्रमम पक्राउ गरिएको थियो ।
२८ वर्षीय नगेन र ३२ वर्षीय नवहाङलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट नियमित गस्तीमा खटिएको टोलीले पक्राउ गरेको १ हो । उनिहरुलाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएर कार्वाहीको प्रक्रिया अगाडी बढाउने काम भईरहेको जनाएको छ ।


