
पूर्णपुष्टि, माघ ७
त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटले व्यवसायी तथा सर्वसाधारणहरुलाई मास्क वितरण गरेको छ । शुक्रबार बजारको बिभिन्न भिँडभाँड हुने स्थान तथा मुख्य चोकहरुमा मास्क वितरण गरिएको हो । मास्क विना हिड्ने सर्वसाधरण तथा पसल व्यवसायीहरुलाई मास्क वितरण गर्नुका साथै कोरोना बारे सचेतनाको पोस्टर समेत वितरण गगरिएको संघका अध्यक्ष रमेश रसाईलीले बताए ।

कोरोना संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्न उद्योगी व्यवसायीहरुको समेत दायीत्व रहेको भन्दै मास्क तथा पोष्टर वितरणको कार्यक्रम गरिएको अध्यक्ष रसाईलीले बताए ।
रसाईलीका अनुसार बजारको पिपलचोक, मेनचोक, टेम्पु चोक, विपि चोक, सँगै अत्यादिक भिँडभाँड हुने तरकारी बजारमा समेत मास्क वितरण गरिएको जनाए । उता मास्क वितरण सँगै कोरोना बारे सचेतना समेत फैलाउँदै सुरक्षित भएर व्यापार गर्न र हिडडुल गर्न अनुरोध समेत संघले गरेको अध्यक्ष रसाईलीको भनाई छ ।

संघले व्यापारी व्यवासायीहरुलाई पोष्टर मार्फत सुरक्षितको उपायहरु समेतमा सजग गराएको छ । व्यवसायमा उपभोक्ताहरुलाई मास्कको अनिवार्य प्रयोग, पसल, व्यवसाय अगाडी सावुन पानीको व्यवस्था, सेनिटाईजरको प्रयोग अनिवार्य, भौतिक दुरीको पालना जस्ता कुराहरुमा समेत ध्यान दिन संघले अनुरोध समेत गरेको छ । मास्क वितरणमा ंघलाई जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयले समन्वयमा सहयोग सगरेका थिए ।

