Saturday, June 27News That Matters

उदयपुर सिमेन्ट उद्योगको नवनियुक्त अध्यक्ष बस्नेतको पदवाहाली

पूर्णपुष्टि, भदौ २ गते ।
उदयपुर सिमेन्ट उद्योग लिमिटेडका नवनियुक्त अध्यक्ष केशव कुमार बस्नेतले बुधबार एक समारोह बिच पदवाहाली गरेको छ । मन्त्रीपरिषदको मिति २०७९।०४।१४ गतेको निणर्यद्धारा संचालक समितिको अध्यक्ष पदमा नियुक्त उदयपुर गाईघाटका स्थानीयबासी बस्नेतले बुधबार पदवहाली गरेका हो ।
पदबहाली कार्यक्रममा महाप्रबन्धक तथा उच्च व्यवस्थापनका कर्मचारीहरु र क्रियाशिल ट्रेड युनियनका तर्फबाट स्वागत गरेका थिए । अध्यक्ष बस्नेतलाई स्वागत गर्दै उद्योगको महाप्रबन्धक गोपीकृष्ण न्यौपानेज्यूले उदयपुर सिमेन्ट उद्योगको समग्र वस्तुस्थितीको बारेमा जानकारी गराए थिए ।
बस्नेत सँगै नवनियुक्त संचालक समिति सदस्यहरु लिल बहादुर बस्नेत, कुवेर प्रसाद राई, रमेश कुमार चौधरीलाई समेत उद्योगको तर्फबाट स्वागत गरेको महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले जानकारी दिए ।
सोहि अवसरमा नवनियुक्त अध्यक्ष बस्नेतले उत्पादन बृद्धि गर्न अत्यावश्यक पर्ने लगानीको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै गरे । आफु स्थानीय बासि भएको नाताले समेत यस उद्योगको उत्पादनको लागि खानीमा रहेको गुणस्तरीय तथा अपार चुनढुङ्गको प्रयोग गरी सबैको साथ सहयोग लिएर अगाडी बढ्ने बस्नेतले बताए ।
उद्योगमा जडान गरिएको मिल मेसिनरीहरु जिणर् अवस्थामा रहेकोले सोको पुनः निर्माणका लागि नेपाल सरकारवाट अनुदान, नेपाल सरकार वा कुनै वाणिज्य बैङ्कवाट सहुलियत ऋण लिई पुनः निर्माण÷प्रतिस्थापन तथा मर्मत संभार गरी उद्योगको जडित क्षमता अनुसार उत्पादनमा रकम जुटाउने उद्योगले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा उद्योगको खानी क्षेत्रमा रहेको चुनढुङ्गाको ३० वर्ष भित्रमा उचित सदुपयोग गर्न पहल कदमी गर्ने, गैंडा छाप सिमेण्टको गुणस्तरलाई कायम राख्न व्यवस्थापन, कर्मचारी युनियन लगायत आम कर्मचारीहरुसँग मिलेर अघि बढ्ने अध्यक्ष बस्नेतले बताए ।