
२५ फागुन, २०८२ । उदयपुर
प्रतिनिधिसभा सदस्य चयनका लागि उदयपुर – १ मा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ३३ हजार ८१३ मतसहित पहिलो मत पाएको छ । यो मत उसले प्रत्यक्षमा पाएको भन्दा ३ हजार ३२३ मत बढि हो । दोस्रो स्थानमा श्रम संस्कृती पार्टीले १२ हजार २९६ मत पाएको छ । यो मत उसले प्रत्यक्षमा पाएको भन्दा ६९० बढि हो ।
तेस्रोस्थानमा एमालेले ९ हजार १४१ मत पाएको छ भने कांग्रेसले ८ हजार ७९९ मतका साथ चौथो मत पाएको छ । नेपाली कम्युनिष्ट पार्टीले ६ हजार ३१ मतकासाथ पाँचौमत पाएको छ ।
प्रत्यक्षतर्फ ८० हजार १२० मत गणना भएको हो । जसमा ४ हजार ८८ मत बदर भएको जनाइएको छ । हिजोविहानदेखि सुरुभएको समानुपातिकतर्फको गणना आज विहान सकिएको हो । यो सगै उदयपुरको सम्पूर्ण गणना सकिएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्ययले जानकारी दिए ।
