उदयुरमा ट्रक र मोटरसाईकल एक आपसमा ठोक्किदाँ एकको मृत्यु, एक घाईते

पूर्णपुष्टि, पुष २४
उदयुरमा ट्रक र मोटरसाईकल एक आपसमा ठोक्किदाँ एक जनाको मृत्यु भएको छ भने एक घाईते भएका छन् । त्रियुगा नगरपालिका ४ बगाहामा भएको सो दुर्घटनामा त्रियुगा नगरपालिका–५ देउरी का दिलिप दुलालको मुत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बेलुका साढे ५ बजे गाईघाटबाट जलजले तर्फ जादै गरेको प्र २ –०१द्द००३ प ८४९१ नम्बरको मोटरसाईकल र विपरीत दिशाबाट आउदै गरेको स १ ख ७२१ नम्बरको ट्रिफर ठक्कर खाँदा मोटरसाईकल चालक देउरीका ३२ बर्षीय प्रभु नारायण चौधरी र पछाडी सवार सोही स्थानका ३१ बर्षीय दिलिप दुलाल घाईते भएका थिए ।

घाईते दुबैलाई उपचारको लागी न्युरो अस्पताल विराटनगर पठाईएको थियो । घाईते मध्ये दुलालको उपचारको क्रममा राती ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मोटरसाईकल चालक घाईते चौधरीको भने उपचार भईरहेको छ । ट्रिफर चालक त्रियुगा नगरपालिका–६ लालपत्ताका ३६ बर्षीय मेख बहादुर राउत प्रहरीको नियन्त्रणमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: