Sunday, June 14News That Matters

उपराष्ट्रपतिमा उमेरका कारण रञ्जिता श्रेष्ठले उम्मेदवारी दिन नपाउने

पूर्णपुष्टि, फागुन २६ । नागरिक उन्मुक्ति पार्टीले उपराष्ट्रपतिमा उम्मेदवार बनाउन लागेको रञ्जिता श्रेष्ठ चौधरीले उमेरका कारण उम्मेदवारी दिन नपाउने भएकी छिन् । आज शुक्रबार बिहान नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष एवं संसदीय दलको नेता समेत रहेकी चौधरीलाई उम्मेदवार बनाउने घोषणा गरेको थियो ।

तर कानुनी व्यवस्थामा राष्टपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐन, २०७४ मा राष्ट्रपति तथा उपराष्ट्रपति बन्नका लागि ४५ वर्ष उमेर पूरा गरेको हुनुपर्ने प्रावधान छ । आयोगमा उनले पेश गरेको विवरणमा भने उनको उमेर ३९ वर्षमात्र भएकोले उनी उम्मेदवार बन्न नसक्ने भएकी हुन् ।