
पूर्णपुष्टि, फागुन २६ । गाईघाटमा शुक्रबार देखी १२ औँ राष्ट्रपति खेलकुद प्रतियोगिता सुरु भएको छ । गाईघाट स्थित थारुहट रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले गरेका छन् । वाग्लेले खेलको उद्घाटन पानसमा बत्ती बालेर गरेका हुन् । आजबाट सुरु भएको खेलमा एथ्लेष्टीक सहित ६ ओटा खेल हुने जनाईएको छ ।
अन्तर पालिका स्तरीय प्रतियोगितामा जिल्लाको आठओटै पालिकाका विद्यालयहरुले सहभागी जनाएको छ । भलिवल, कवडी, तक्वान्दो, उस्सु, कराते र एथ्लेष्टीक लगायतका छ ओटा खेलमा प्रतियोगिता गराईने आयोजक खेलकुद विकास समिति उदयपुरले जनाएको छ । प्रतियोगिता २८ गते सम्म संञ्चालन हुने आयोक जिल्ला खेलकुद विकास समिति उदयपुरले जनाएको छ ।



