
पूर्णपुष्टि, फागुन २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टी जस्तो क्षणिक दैनिक फोहोरी खेलमा आफुहरु नलाग्ने बताएका छन् । नेकपा एमाले निकट खेलकुद महासंघका नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण कार्यक्रममा पुगेका ओलीले भने ‘हामी अरु पार्टीजस्तो क्षणिक दैनिक फोहारी खेलमा सामेल छैनौं, सामेल हुँदैनौं ।’
एमाले देश बनाउन लागेको र देश बनाएपछि मात्र विश्राम लिने भन्दै आफूहरु म्याराथन दौडमा रहेको उनले बताए । ओलीले एमाले लामो दौडको घोडा भएको बताए । उनले आफूहरुले चलखेल पनि नगर्ने भन्दै चलखेल नगर्न सहभागीहरुलाई सुझाव दिए । ओलीले भने, ‘हामी खेल खेल्छौं, चल मिसिएपछि अर्को हुन्छ, चलखेल गर्नुहुँदैन ।’
