
पूर्णपुष्टि, पौष ९
नेपाल कम्युनिष्ट पार्टी नेकपा उदयपुरले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको कदम प्रति बिरोध जनाउँदै जिल्लाका नेता, कार्यकर्ता, पार्टी पंक्ति र उदयपुरवासी लाई एकताबद्ध भईरहन आह्वान गरेको छ ।
प्रम ओलीले चालेको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी र स्वेच्छचारी भएको भन्दै बिरोध जनाएको हो ।
बिज्ञप्तीमा कुनै व्यक्तिको भ्रममा नपर्न र निरंकुसताको बिरुद्धमा लड्न आह्वान गरिएको छ । पार्टीको जिल्ला अध्यक्ष विनोद कटुवाल र सचिव इश्वरमणी राउतद्धारा हस्ताक्षरित विज्ञप्तीमा संसद पुर्नस्थापनाको पक्षमा जोडदार आवाज उठाउन समेत आह्वान गरिएको छ ।
