Sunday, August 9News That Matters

एकै परिवारका ३ कोरोना संक्रमितको मृत्यु, बिहेको क्रममा संक्रमण फैलिएको आशंका

पूर्णपुष्टि, बैशाख ३१

नेपालमा कोरोना संक्रमण ह्वातै बढेको छ । पहिले ३ जना मर्दा त्रास फैलिरहेको नेपाल आज एकै परिवारको ३ जना मर्दा पनि सहन बाध्य छ । यसै शिलशिलामा बाग्लुङमा एकै परिवारको ३ संक्रमितले ज्यान गुमाएको छ । जिल्लाको बडिगाड गाउँपालिकामा कोभिड संक्रमणबाट ८७ वर्षिय पिताको निधन भएको एक सातापछि दुई छोराको पनि कोरोना संक्रमण पस्चात उपचारकै क्रममा मृत्यु भएको हो ।

मृतकका पिताको यसअघि कोरोना संक्रमण पुष्टि भएर स्वास्थ्य जटिलता भएपछि धौलागिरी अस्पतालमा ८७ वर्षको उमेरमा यही वैशाख २३ गते उपचारका क्रममा मृत्यु भएको थियो ।

धौलागिरी अस्पतालमा उपचारत बडिगाड गाउँपालिका–४ का ४० वर्षको पुरुषको गए राती मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए। बुटवल बस्दै आएका ५२ वर्षीय जेठो छोराको भने गण्डकी अस्पताल पोखरामा उपचारकै क्रममा गए रातीनै मृत्यु भएको हो। उनी भारतीय सेनाबाट दुई महिना अघि मात्रै अवकाश लिएर आएका थिए ।

पोखरामा मृत्यु भएकाको शव बागलुङ ल्याउने अथवा पोखरानै अन्त्येष्टी गर्ने भन्नेमा छलफल भइरहेको पारिवारिक स्रोतले जनाएको छ। यो परिवारका अन्य सदस्यहरु समेत संक्रमित भएका छन्। पारिवारिक सदस्यकै बिहेको क्रममा कोरोना संक्रमण फैलिएको आँकलन छ ।

अटेर गरेर बिहे लगायतका कार्यमा भिडभाड गर्दा, रोक लुकाएर घरमै बस्दा, कोरोनालाई सामान्य आँकलन गर्दा, लकडाउनको उपयोगमा जुवातास खेल्दा गाउँपालिकामा बढी संक्रमण फैलिएको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणी कंडेलले बताउनुभयो ।