
पूर्णपुष्टि, माघ ८
काभे्रपलन्चोक स्थित सुनकोशी नदी र इन्द्रावती नदीको दोभान किनारमा लुगा छाडेर एक महिला र एक पुरुष संकाश्पद तरिकाले बेपत्ता भएको छ । उनिहरु एक दिनको फरकमा बेपत्ता भएको काभ्रे प्रहरीले जनाएको छ ।
भुम्लु गाउँपालिका(८ इन्द्रावती नदी र सुनकोसी नदीको दोभानस्थित किनारमा आफ्ना लुगा–जुत्ता छाडेर उनिहरु संकास्पद तरिकाले बेपत्ता भएको हुँदा प्रहरीले आफ्नो तर्फबाट तिव्र खोजी कार्य राखेको जनाएको छ । काभ्रेका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार पनौती नगरपालिका(८ खरिबोटका ४० वर्षीय माधव फुयाँल र नमोबुद्ध नगरपालिका(५ की अन्दाजी ३० वर्षीया सिर्जना भण्डारी (कोइराला) दुवैले कालो जेन्ट्स ज्याकेट, गाढा सुन्तला रङ्गको लेडिज कोट, कालो र खरानी रङ्गका दुई जोर जुत्ता, कालो लेजिडज र जेन्ट्स पर्स, घडीलगायत सामग्री छाडेर बेपत्ता भएका हुन् ।

एक हप्ताअघि घरबाट बेपत्ता भएका उनीहरूको बाहिरी बस्त्र शुक्रबार बिहान दोभानस्थित बगरको ढुङ्गामा फेला परेको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।
परिवारका अनुसार कोइराला गत आइतबारदेखि र फुयाँल सोमबारदेखि घरबाट बेपत्ता थिए । फुयाँलको श्रीमती, एक छोरा र एक छोरी छन् भने कोइरालाकी एक छोरी छन् । ‘उनीहरू शङ्कास्पद तरिकाले लुगा छाडेर बेपत्ता भएकाले हामीले सबै तरिका अपनाएर खोजी गरिरहेका छौँ’ उनले भने ।

शुक्रबार बिहान दोभानमा मलामी गएका स्थानीयवासीले पुरुष र महिलाको लुगा देखेपछि दोलालघाट प्रहरीलाई खबर गरेका थिए । शुक्रबार छाडिएका सामग्रीको पहिचान उनीहरूका आफन्तले गरेका छन् ।

