Saturday, May 30News That Matters

एमसीसी पास हुन सबै दल सहमत हुनुपर्छ ः परराष्ट्रमन्त्री खड्का

पूर्णपुष्टि, कार्तिक ८
नेपाल सरकारको पराष्ट्रमन्त्री डा. नारायण खड्काले सबै दलको सहमतिमा मात्रै एमसीसी पास हुने जनाएको छ । सोमवार उदयपुर स्थित गाईघाटमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खड्काले कांग्रेसको मात्रै धारणाले एमसीसी पास हुन कठिन भएको जनाए । नेपाली जनताहरुको हितमा छ वा छैन भन्ने बारे सबै दल र बिभिन्न क्षेत्रहरु सँग छलफल गरेर मात्रै एमसीसी पास गर्न सकिने खड्काले बताए । खड्काले एमसीसी पास हुन बिषेश गरी गठनबन्धनको सहमति अझै आवश्यक रहेको पनि बताए । मन्त्री खड्काले एमसीसी बारे गहिरो अनुसन्धान गरेर पास गर्ने समेत सम्मेलनमा बताएको छ ।