एमाले अध्यक्ष बाट ब्याक हटेर सचिवमा बस्नेतको दावी

पूर्णपुष्टि, पुष २५
एमाले उदयपुरको आठौँ माहाधिवेशनको नेतृत्व चयन प्रक्रियामा बस्नेतले आफ्नो अध्यक्षको दावी ब्याक सारेको छ । बस्नेतले अध्यक्षको दावी बाट पछि सर्दै सचिवमा आफ्नो उम्मेदवारी घोषणा गरेको जनाएको छ ।
जिल्लामा पार्टी नेतृत्व गर्ने भन्दै बस्नेतले यस भन्दा पहिले अध्यक्षको लागि भनेर दावी घोषणा गरेको थियो । बिभिन्न संञ्चार माध्यमहरुका अनुसार अध्यक्षमा ४ जनाले दावी घोषणा गरेका थिए । बस्नेत सहित पार्टी सचिव परमेश्वर घिमिरे, कालु लामा र खड्ग परियारले अध्यक्षको लागि दावी रहेको जानकारी गराएका थिए । ४ मध्ये बस्नेतले भने सहमतिको प्रयासलाई सहयोग पुराउँदै पार्टीको सचिवमा वस्ने मनोसाय बनाएको जनाए ।


जिल्लाभरबाट सदरमुकाम आएका प्रतिनिधि र अग्रज नेतृत्वको आग्रह आफूले अध्यक्षको दाबी छाड्दै सचिवका लागि भएको बस्नेतले जानकारी दिए । ‘प्रतिनिधिको भवना र नेतृत्वको आग्रह अनुसार नै मैले सचिवका लागि उम्मेदवारी दिएको हुँ’ बस्नेतले भने, ‘यसले पार्टीलाई जिल्लास्तरमा एकढिक्का बनाउन मद्धत गर्नेमा ढुक्क छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: