एमाले उदयपुरको जिल्ला अधिवेशन आज, युवाहरुले गरे अधिवेशनको भव्य तयारी

पूर्णपुष्टि, पुष २३
नेकपा एमाले उदयपुरको आठौँ जिल्ला अधिवेशन आज गाईघाटको टाउन हलमा हुँदैछ । पार्टीले आज उदयपुर सहित करिब ६१ जिल्लाहरुमा एकैसाथ जिल्ला अधिवेशन गर्ने तयारी भईरहेको जनाएको छ । ६१ बाहेक बाँकि जिल्लाहरुमा भने पछि मात्र अधिवेशनका लागि तयार गर्ने पार्टीले जनाएको छ । उदयपुरमा अधिवेशनका लागि केहिदिन अघि बाटै भव्य तयारी भईरहेको छ ।

उदयपुरको जिल्ला अधिवेशन सफल बनाउन युवाहरुले बढ्दो र सक्दो सक्रियता देखाएको पाईएको छ । युवा संघ ताप्ली गाउँपालिकाका इन्चार्ज तथा अधिवेशनका युवा संयमसेवक समिप राईका अनुसार अधिवेशन सफल बनाउन प्रचारप्रसारलाई तिव्र बनाउने काममा युवाहरु पूर्ण लागेको जनाए । अधिवेशनको पहिलो दिन बाटै युवाहरुको सक्रियतामा गाईघाट बजारको मुख्य चोक तथा बजारतिर झण्डा लगायत प्रचार व्यानरहरले सजाउने काम गरिएको राईले जनाए ।

राईका अनुसार राष्ट्रिय युवा संघ नेपाल जिल्ला कार्यसमिति उदयपुरले अधिवेशनको व्यवस्थापन तथा संयमसेवक परिचालन गर्ने कामको समेत महत्वपूर्ण भुमिका खेलेको जनाएको छ । युवाहरुले अधिवेशनका लागि बिभिन्न कार्यक्रमहरुको व्यवस्थापन, प्रचार प्रसार, अतिथि संत्कार, मन्च व्यवस्थापन जस्ता महत्वपूर्ण कार्यहरु गरेको जनाए । अधिवेशनको खुल्ला सत्र आज हुने सबै जिल्लाहरुमा भर्चुअल रुपमा केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले गर्ने जनाईएको छ भने उदयपुरमा पार्टीका थाई कमिटि सदस्य राजेन्द्र गौतमको प्रमुख आथित्य रहने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: