Thursday, June 11News That Matters

एमाले नेता सुवेदीमाथि कुटपिट, उपमेयर पदका पराजित उम्मेदवार विष्टका छोराले कुटपिट गरेको आरोप

पूर्णपुष्टि, ८ गते ।
नेकपा एमाले नेता तथा निर्वाचन परिचालन कमिटी सह–संयोजक हिमाल सुवेदीमाथि कुटपिट भएको छ । इटहरीमा उपमेयर पदका पराजित उम्मेदवार केशव कुमार विष्टका छोरा कैलाश विष्टसहित तीनजनाले आज आईतवार विहान आफूलाई कुटपिट गरेको सुवेदीले बताएका छन् ।
मतगणना सकेपश्चात इटहरी उपमहानगरपालिकाको कार्यालयबाट निस्किएपछि कुटपिट भएको सुवेदीले भएका छन् । घटनाको विरोधमा एमालेले पूर्व–पश्चिमा राजमार्ग बन्द गरेर विरोध प्रदर्शनमा उत्रिएको छ । बिहान ७ बजे आक्रमण भएको उनको आरोप छ । सुबेदीका अनुसार आक्रमण हुनुभन्दा १५ मिनेट अघि फेसबुकमा ज्यान मार्ने धम्कीसहित म्यासेज समेत आएको थियो ।
सुवेदीमाथि आक्रमण भएपछि अहिले इटहरीको पूर्व–पश्चिम राजमार्गमा एमालेका कार्यकर्ताहरूले नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका कारण अहिले पूर्व–पश्चिम राजमार्गमा सवारीसाधन आवतजावत अवरुद्ध भएको छ । बाक्लो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ ।
मतगणना अवधिमा सुवेदीले उपमेयरका बिषयमा सामाजिक संजालमा बिभिन्न टिकाटिप्पणी गरेका प्रती छोराहरू र सुबेदी बिच मनमुटाब भएको हुन सक्के विष्टले बताए । हाल इलाका प्रहरी कार्यलय इटहरी अगाडि एमाले कार्यकर्ताले आन्दोलन गरिरहेका छन् ।