एमाले महाधिवेशन चितवनमा उद्धाटन हुँदै

पूर्णपुष्टि, मंसिर १०
चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा नेकपा (एमाले) को १० औँ महाधिवेशन आजबाट सुरु हुदैँछ । अधिवेशनको लागि सबै तयारी पूरा भएको र उद्धाटनमा पाँच लाअभन्दा बढी जनसहभागिता हुने नेकपा (एमाले) ले जनाएको छ । महाधिवेशनमा २ हजार १ सया७५ प्रतिनिधि र १ सय ३ पर्यवेक्षक सहभागी हुनेछन् ।
महाधिवेशनमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका नेताले शुभकामना सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभामा बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायत देशबाट राजनीतिक दलका प्रतिनिधि समेत सहभागित रहने छ ।
‘जनताको बहुदलीय जनवादलाई सुदृढ गर्दै त्यसको मार्ग निर्देशनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने भन्ने नारा एमालेले अघि सारेको छ । नयाँ नेतृत्वका लागि आयोजित महाधिवेशनको बन्दसत्र सौराहामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: