Sunday, May 3News That Matters

एमाले सिध्याउन खोजी पछि गठबन्दन बदलियो : पोखरेल

पूर्णपुष्टि, १३ चैत्र ।
नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले कांग्रेससंगको हिजोको गठबन्धनले एमाले सिध्याउन खोजेपछि राष्ट्रहितसमेतका लागि अहिलेको गठबन्धन गरिएको बताएका छन् । नेकपा एमाले नवौं उदयपुर जिल्ला अधिवेशनको उद्घाटन गर्न उदयपुर आइपुगेका उपाध्यक्ष पोखरेलले पत्रकार भेटघाटमा सो कुरा बताएका हुन् ।

उनले अहिलेको गठबन्धनलार्ई दिगोरुपमा टिकाउन लागी पर्ने पनि बताएका छन् ।
जातीय सांस्कृतिक झाँकीसहित र्याली गरी जिल्ला अधिवेशनको उद्घाटन एमाले उपाध्यक्ष पोखरेलले गरेका छन् । दुईदिनसम्म सञ्चालन हुने अधिवेशनले नयाँ नेतृत्व चयनसमेत गर्नेछ । १०५ सदस्यीय नयाँ जिल्ला पार्टी समितिका लागि जिल्लाको चार गाउँपालिका र चार नगरपालिकागरी आठ स्थानीय तहका ६५० जना प्रतिनिधिले भाग लिदैछन् ।