एमोले अधिवेशन उदयपुर : सहमतिको प्रयास कायमै, आज निष्कर्षमा पुग्ने

पूर्णपुष्टि, पुष २५
एमाले उदयपुरले बन्द सत्रको दोस्र दिन पनि नेतृत्व छान्न सकिरहेको छैन् । बन्द सत्रको दोस्रो दिन चलिरहँदा सहमतिकै प्रयास भईरहेको पार्टीका जिल्ला सचिव परमेश्वर घिमिरेले बताए । घिमिरेका अनुसार सक्दो सम्म सहमतिमै नेतृत्व छान्नु पर्ने भएकाले केहि करसरतहरुले समय लागेको जनाए । उनले नेतृत्वको बिषयमा आजै निष्कर्षमा पुगिने र त्यसको लागि बिभिन्न छलफलहरु भईरहेको जनाए ।


घिमिरे आफैपनि अध्यक्षको दावेदार हुन । अधिवेशनको पूर्व सन्ध्या बाटै आफु अध्यक्षका लागि पहिलो र पूर्ण हक लाग्ने चरणको व्यक्ति रहेको समेत जानकारी दिएका थिए । ४ जना अध्यक्षको दावी बाट कुसल बाबु बस्नेत व्याक भईसकेको अवस्था छ । घिमिरेले पार्टीलाई सक्षम नेतृत्वलाई छानेर लैजानु पर्ने भएकाले यसको बारेमा पनि बिभिन्न बहस छलफलहरु चलिरहेको जनाए । उनले भने,” हामि सक्दो सहमतिमै जुटिरहेका छौँ केहि लागेना भने यस्को आफ्नै प्रक्रिया पनि छ, तर आज सम्म नेतृत्वको टुँगो लागि सक्छ ।

यस्तै गरि कमिटीको बिभिन्न पदहरुमा बिभिन्न व्यक्तिहरुले दावी गरेको छ । संञ्चार माध्यमहरुका अनुसार अध्यक्षका लागि घिमिरे सहित खड्ग परियार र कालु लामाले समेत दावी गरेको छ । यता उपाध्यक्षका लागि कटारी नगरका मेयर ज्ञानेन्द्र श्रेष्ठले दावी गरेको छ, सचिवमा भने कुसल बाबु बस्नेतको दावी छ । उपसचिवमा महेश्वरी राई, सिर्जना दनुवार र खगेन्द्र पोखरेलले दावी घोषणा गरिसकेको छ । अन्य पदको लागि भने हाल जानकारी आएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: