
पूर्णपुष्टि, असार ३१
दाङमा एम्बुलेन्स दुर्घटना हुँदा नवजात शिशु सहित ११ जना घाइते भएका छन् । सुत्केरी लिएर नेपालगञ्जबाट पश्चिम दाङको हंसपुरका जाँदै गरेकोे भे १ च १५९९ नम्बरको एम्बुलेन्स तुलसीपुर हापुरे–सुर्खेत सडकखण्डको कुमालगडीमा दुर्घटना हुँदा एक दिनको नवजात शिशुसहित ११ जना घाईते भएका हुन् ।
दुर्घटनामा घाइते भएका सबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
घुम्तीमा एम्बुलेन्सको स्टेरिङ फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
