एसियन लाईफ गाईघाटले दियो घातक रोगबापत क्यान्सर पिडितलाई ५ लाख बढी उपचार खर्च

पूर्णपुष्टि, असार ३
एसियन लाईफ गाईघाट शाखाले घातक रोगका विरामीलाई ५ लाख १ हजार उपचार खर्च स्वरुप नगद प्रदान गरेको छ । २ बर्ष अगाडी मात्र त्रियुगा नगरपालिका ११ साकेलाटोल निवासी अन्जना खड्काले एसियन लाईफ कम्पनीमा बर्षिक धनलाभ विमा गरेकी थिईन् ।

सोही विमा बापत खड्कालाई उपचार स्वरुप रकम प्रदान गरिएको हो । परिवारका अनुसार खड्कालाई क्यान्सर जस्ता घातक रोगले सताएको जनाएको छ । कम्पनीले खड्कालाई स्वास्थ्य लाभको कामना सहित घातक रोग बापत सो रकम उपलब्ध गराएको हो । शुक्रबार विरामीको घरमै पुगेर कम्पनीका गाईघाट शाखा प्रमुख बालकुमार राई, अग्रज अभिकर्ता तथा उदयपुर सिमेन्टका उद्योगका कर्मचारी समेत रहेको बिष्णु राम राई लगायत कर्मचारीहरुले बिरामी खड्कालाई सो रकम हस्तान्तरण गरेको छ ।

खड्काले हाल सम्म २ किस्ता मात्रै रकम कम्पनीमा बुझाएका थिए । पहिलो किस्ता बापत ३८ हजार १२१ र दोस्रो किस्तामा १३ हजार ७१ रकम मात्र बुझाएका थिए । यो किस्ता पहिलो किस्ता तिरेपछि १३ हजारको दरले तिर्नु पर्ने थियो । कम्पनीले खड्कालाई कुनै कर नलाग्ने गरी रकम हस्तान्तरण गरेको शाखा प्रमुख राईले जनाएको छ । यो रकम स्वच्छ तरिकाले कम्पनीले उपचार सुविधा वापत उपलब्ध गराएको खर्च रहेको राईको भनाई छ । यो रकम बिरामीलाई कम्पनीलाई तिर्नु नपर्ने समेत जनाए ।

पछि निको भएर बिमाको लागि किस्ता बझाउनु पर्ने कुरा आफ्नो ठाउँमा रहेपनि यो कुनै ऋणको रुपमा बिरामीलाई कम्पनीले उपलब्ध गराएको रकम नभएको राईले जनाए । यसलाई जिवन विमाको घातक रोगको उपचार खर्च भनिने कम्पनीले जनाएको छ । शाखा प्रमुख राईका अनुसार उदयपुरमै रहेका धेरै बिमा कम्पनीहरु मध्ये यसरी उपचार खर्च उपलब्ध गराउनेमा एसियन लाईफ इन्स्योरेन्स पहिलो भएको जनाएको छ । यो रकम सहज र सरल ढंगले उपलब्ध गराईएको पनि कम्पनीले जनाएको छ । खड्कालाई २ बर्ष अघि अग्रज अभिकर्ता मेनुका खत्रीले जिवन विमा गराएकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: