Sunday, May 17News That Matters

ओखलढुङगामा पानीमा डुबी एकको ज्यान गयो

पूर्णपुष्टि, जेष्ठ २५ 

ओखलढुङगामा पानीमा डुबी एकजनाको ज्यान गएको छ । मोलुङ गाउँपालिका–७ का २५ वर्षीय रबिन अधिकारीको लडेर पानीमा डुबी ज्यान गएको हो ।

सोमबार बेलुका ४ बजे अधिकारी साथीहरुसँग  मोलुङ खोलाबाट माछा मारी घर फर्कदै गर्दा मोलुङ गरही सिंचाइ कुलोको डिलबाट लडी कुलाको पानीमा डुबी ज्यान गएको जानकारी पाउँन साथै घटना सम्बन्धमा थप अनुसन्धानको लागी प्रहरी चौकी प्राप्चा र ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली  घटना स्थलम पुगेको छ । यस सम्बन्धम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।