Thursday, May 14News That Matters

कक्षा १२ को परिक्षामा एकजना नक्कली परीक्षार्थी पक्राउ

पूर्णपुष्टि, जेठ २४ गते ।
जनकपुर उपमहानगरपालिका–४ स्थित मिथिला इन्स्टिच्यूट अफ टेक्नोलोजीमा सञ्चालन भइरहेको कक्षा १२ को अर्थशास्त्र विषयको परीक्षामा एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । धनुषाको मिथिला नगरपालिका–३ बस्ने १९ वर्षीय कुलदीप महतो सोमबार बिहान पक्राउ परेका हुन् ।
धनुषाको मिथिला नगरपालिका–३ बस्ने नन्द किशोर महतोको ठाउँमा कुलदीपले परीक्षा दिइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट सक्कली प्रवेश पत्र र अर्थशास्त्र विषयको उत्तर पुस्तिकाको प्रतिलिपि बरामद गरेको छ ।