Friday, May 1News That Matters

कटारीको डम्पिङ साइटमा एक पूरुषको शव फेला

पूर्णपुष्टि, भदौ ५ ।  उदयपुरको कटारी नगरपालिकामा एक युवकको बेवारिसे शव फेला परेको छ। कटारी नगरपालिका-३ राजाबासस्थित डम्पिङ साइटमा फोहोरको थुप्रो नजिकै शव फेला परेको हो।

इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डीएसपी सुभास राईका अनुसार प्राप्त सूचनाका आधारमा प्रहरी टोली घटनास्थल पुग्दा मृत अवस्थामा शव फेला परेको थियो। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ। शवको पहिचान खुल्न नसकेको र पोस्टमार्टमका लागि कटारी अस्पतालमा राखिएको डीएसपी राईले बताए। थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।