कटारीको पोखरियामा विद्युत पुग्यो, तिहारमा गाउँनै झिलिमिलि हुँने मेयर श्रेष्ठको भनाई

पूर्णपुष्टि, कार्तिक ११
राष्टिय प्रसारण प्रणालीको विद्युत सेवा उदयपुरको अति विकट ठाउँ कटारी नगरपालिका–१ पोखरिया गाउँमा पुगेको छ । बुधबार एक कार्यक्रम बिच पूर्व प्रदेश कृषि सहकारी राज्य मन्त्री कला घले र कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले वत्तिको स्विच थिचेर उद्घाटन गरेका थिए । नेपाल विद्युत प्राधिकरण र कटारी नगरपालिकाको सहकार्यमा पहिलो पटक पोखरियामा राष्ट्रिय प्रणालीको विद्युत पुर्याएको हो ।

अहिले ३० घरमा मिटर जडान गरी विद्युत वत्तिको उद्घाटन गरिएको छ केहि दिनमा थप ३० घरमा मिटर जडान गरिने छ । भौगोलिक विकटताका कारण नगरपालिकाको पहलमा विजुली पोखरियासम्म पुगेको मेयर श्रेष्ठले बताउनुभयो । उनका अनुसार ट्रान्सफर्मर, पोल ढुवानी लगायतको कामको लागि नगरपालिकाले सहयोग गरेको बताए ।लामो प्रयास स्वरुप पोखरियामा विद्युत पुगेको छ । गाउँमा विद्युतको पहुँच पुगेसँगै अबस्थानीय स्रोत र साधनको सदुपयोग गर्दै जनतालाई आर्थिक सम्वृद्धिमा जोड्न सहज भएको मेयर श्रेष्ठले बताउनुभयो । उहाँकाअनुसार यस्ता कार्यमा नगरपालिकाले आवश्यक सहयोग गर्छ । राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच यस गाउँका जनताका लागि आवश्यक थियो । अब लाइन आइसक्यो । उद्योग, व्यवसाय सञ्चालन गर्न सहयोग पुग्नेछ । यस वर्षको तिहार गाउँ नै झिलिमिली हुने मेयर श्रेष्ठले बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरणको झण्डै ८५ लाख रुपैयाँ लागतमा विद्युतीकरण विस्तार गरी गाउँमा विद्युत सेवा विस्तार गरेको प्राधिकरण उदयपुर वितरण केन्द्रका सूचना अधिकारी इन्जिनियर सत्यनारायण साहले बताउनुभयो । उनका अनुसार प्राधिकरणले कटारी नगरपालिका–२ ग्राँसमा ११ केभीएबाट बेलस्रोत, कालिखोला हुँदै पोखरिया गाउँमा ५० केभीको ट्रान्सफर्मर राखेर सेवा प्रवाह गरिएको छ ।
गत आर्थिक वर्षमा कालिखोलासम्म ४२ वटा पोल र चालु आर्थिक वर्षमा ६० वटा पोल हाइटेन्शन पोल विस्तारसँगै विद्युत पोखरियामा पुगेको सूचना अधिकारी साहले जानकारी दिनुभयो ।यस्तै, ५० केभिको ट्रान्सफर्मर मार्फत ६० वटा लोटेन्शन पोलमा विद्युत प्रवाह गरिएको कटारी शाखा प्रमुख लक्ष्मण साहले बताउनुभयो । गाउँमा प्राधिकरणको विद्युत सेवा पुगेपछि स्थानीयबासी निकै हर्षित भएका छन् । लामो समयदेखि टुकिको भरमा उज्यालो बनाउँदै आएका गाउँमा विद्युत सेवा विस्तार गरेपछि जनजीवन सहज भएको स्थानीयहरुको भनाई रहेको छ ।

गाउँमा विद्युत पुगेपछि मोबाइल चार्ज गर्न, टिभी हेर्न, फर्निचर उद्योग खोल्न, कुखुरा पालन गर्न सहज हुँने भएको छ । गाउँमा विद्युत पुगेपछि केटाकेटीहरुलाई पठनपाठन गर्न सजिलो हुने भएको छ ।
पूर्व प्रदेश कृषि सहकारी राज्य मन्त्री कला घलेले सवैको साथ सयोगले आज पोखरिया गाउँ झिलीमिली भएको बताउनुभयो । गाउँमा बिजुली पुर्याउन सहयोग गर्न सवैको साथ सहयोग रहेकोले पछिल्लो दिनमा पनि साथ सहयोग रहने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: