Monday, April 20News That Matters

माटोको ढिस्कोले पुरिएर बालिकाको मृत्यु, पाँच जना घाइते

पूर्णपुष्टि, कार्तिक ११
माटोको ढिस्कोले पुरिएर सिराहामा एक जना बालिकाको ज्यान गएको छ, भने पाँच जना घाइते भएका छन् । जिल्लाको धनगढीमाई नगरपालिका–५ जयपुर बस्ते प्रकाश कामैतको ११ वर्षीय छोरी करिष्माकुमारी कामैतको ज्यान गएको छ, भने अन्य पाँच जना घाइते भएका हुन् ।

घर लिपपोत गर्नका लागि मोटो लिन गएकी करिष्मामाथि माटोको ढिस्को खसेर पुरिएकोले उनको घटना स्थलमै ज्यान गएको हो । उनकी आमासहित पाँच जना भने घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था भने गम्भीर हरेको छ ।