पूर्णपुष्टि, जेठ ११ गते ।
कटारी नगरपालिकामा गठबकटारीको १४ वडा मध्ये आधामा एमाले वडाध्यक्ष विजयी
उदयपुर, जेठ ११ गते ।
कटारी नगरपालिकामा गठबन्धनतर्फ नेपाली काङ्ग्रेसको राजेशचन्द्र श्रेष्ठले ६४१७ मतका साथ विजयी हाँसिल गरेका छन् । उपप्रमुखमा नेकपा एमालेकी गिता खड्काले ६४१३ मतका साथ विजय हाँसिल गरेकी छिन् ।
प्रमुखमा विजयी श्रेष्ठले निकटतम् प्रतिद्वन्द्वि स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बराललाई ४६४ मतले पछि पार्दै विजयी हुनु भएको हो । बराल नेकपा ९माओवादी केन्द्र० बाट टिकट नपाएपछि बाघी उम्मेदवार उठ्नु भएको हो । बरालले ५९५२ मत प्राप्त गर्नुभयो । निबर्तमान् मेयरसमेत रहनु भएको नेकपा एमालेको ज्ञानेन्द्र श्रेष्ठले तेस्रो मत ५७१५ प्राप्त गर्नुभयो ।
उपप्रमुखमा विजयी एमालेकी खड्काले फराकिलो मत अन्तरमा जीत हात पार्नुभयो । निकटतम् प्रतिद्वन्द्वि गठबन्धनतर्फको नेकपा ९माओवादी केन्द्र० को विनोदकुमार कटुवालले ३८२१ मत प्राप्त गर्नुभयो ।
१४ वटा वडा रहेको सो पालिकामा ७ वडाध्यक्ष एमाले, ३ वडाध्यक्ष काङ्ग्रेस, २ वडाध्यक्ष स्वतन्त्र, १ वडाध्यक्ष नेकपा ९एकिकृत समाजवादी० र १ वटा नेकपा ९माओवादी केन्द्र० ले जितेको छ ।
वडा नं। १ मा एमालेका पदमलाल मगर, वडा नं। २ मा काङ्ग्रेसका प्रेमबहादुर क्षेत्री, वडा नं। ३ मा काङ््रग्रेसकै पुष्कर खड्काले जितेका छन् । वडा नं। ४ मा स्वतन्त्र उम्मेदवार भुपेन्द्रसिंह तामाङ, वडा नं। ५ मा एमालेका मोहनबहादुर तामाङ, वडा नं। ६ मा एमालेका प्रेमबहादुर मगर, वडा नं। ७ मा काङ्ग्रेसका सुविन डुङ्गाना, वडा नं। ८ मा स्वतन्त्र उम्मेदवार नविन्द्रकुमार तामाङले जितेका छन् । त्यस्तै वडा नं। ९ मा नेकपा ९एस० का बेगबहादुर आले मगर, वडा नं। १० मा एमालेका क्षेत्रबहादुर खड्का, वडा नं। ११ मा एमालेका अनन्त हायु, वडा नं। १२ मा माओवादी केन्द्रका यम्बरबहादुर कटुवाल, वडा नं। १३ मा एमालेका सम्भु श्रेष्ठ र वडा नं। १४ मा एमालेकै अम्बरबहादुर मगरले जितेका छन् ।
वडा नं। १० मा मतगणनाका दिन प्रहरीको गोली लागी एक युवाको ज्यान गएको थियो भने एकजना घाइते भएका थिए । सोही घटनाका कारण कटारीको गणना ढिला भएको थियो । वडा नं। ११ का विजयी वडाध्यक्ष हायु सिमान्तकृत जातीमा पर्दछन् ।
योसंगै चार गाउँपालिका र चार नगरपालिका गरी आठ स्थानीय तह रहेको उदयपुरमा अव एकवटा नगरपालिका त्रियुगामा मात्र मतगणना बाँकी छ । त्रियुगामा पनि हिजोदेखि गणना सुरु भएको छ । त्रियुगाको वडा नं। १२ मा मतदान विवादित बनेपछि गणना रोकिएको थियो । सो वडामा पुनःमतदान वा मतगणना गर्ने अन्यौलताकाबीच निर्वाचन आयोगले गणनाको लागि निर्देशन दिएपछि गणना सुरु भएको हो ।
उदयपुरको गाउँपालिकाहरु रौतामाई, लिम्चुङबुङ, ताप्ली र उदयपुरगढीमा प्रमुख र उपप्रमुख दुबै पदमा गठबन्धनले जितेको छ भने बेलका र कटारी नगरपालिकामा प्रमुख पद गठबन्धनले जित्दा उपप्रमुख भने एमालेले जितेका छन् । चौदण्डीगढी नगरपालिकामा भने दुबै प्रमुख पद एमालेको जित भएको छ ।न्धनतर्फ नेपाली काङ्ग्रेसको राजेशचन्द्र श्रेष्ठले ६४१७ मतका साथ विजयी हाँसिल गरेका छन् । उपप्रमुखमा नेकपा एमालेकी गिता खड्काले ६४१३ मतका साथ विजय हाँसिल गरेकी छिन् ।
प्रमुखमा विजयी श्रेष्ठले निकटतम् प्रतिद्वन्द्वि स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बराललाई ४६४ मतले पछि पार्दै विजयी हुनु भएको हो । बराल नेकपा ९माओवादी केन्द्र० बाट टिकट नपाएपछि बाघी उम्मेदवार उठ्नु भएको हो । बरालले ५९५२ मत प्राप्त गर्नुभयो । निबर्तमान् मेयरसमेत रहनु भएको नेकपा एमालेको ज्ञानेन्द्र श्रेष्ठले तेस्रो मत ५७१५ प्राप्त गर्नुभयो ।
उपप्रमुखमा विजयी एमालेकी खड्काले फराकिलो मत अन्तरमा जीत हात पार्नुभयो । निकटतम् प्रतिद्वन्द्वि गठबन्धनतर्फको नेकपा ९माओवादी केन्द्र० को विनोदकुमार कटुवालले ३८२१ मत प्राप्त गर्नुभयो ।
१४ वटा वडा रहेको सो पालिकामा ७ वडाध्यक्ष एमाले, ३ वडाध्यक्ष काङ्ग्रेस, २ वडाध्यक्ष स्वतन्त्र, १ वडाध्यक्ष नेकपा ९एकिकृत समाजवादी० र १ वटा नेकपा ९माओवादी केन्द्र० ले जितेको छ ।
वडा नं। १ मा एमालेका पदमलाल मगर, वडा नं। २ मा काङ्ग्रेसका प्रेमबहादुर क्षेत्री, वडा नं। ३ मा काङ््रग्रेसकै पुष्कर खड्काले जितेका छन् । वडा नं। ४ मा स्वतन्त्र उम्मेदवार भुपेन्द्रसिंह तामाङ, वडा नं। ५ मा एमालेका मोहनबहादुर तामाङ, वडा नं। ६ मा एमालेका प्रेमबहादुर मगर, वडा नं। ७ मा काङ्ग्रेसका सुविन डुङ्गाना, वडा नं। ८ मा स्वतन्त्र उम्मेदवार नविन्द्रकुमार तामाङले जितेका छन् । त्यस्तै वडा नं। ९ मा नेकपा ९एस० का बेगबहादुर आले मगर, वडा नं। १० मा एमालेका क्षेत्रबहादुर खड्का, वडा नं। ११ मा एमालेका अनन्त हायु, वडा नं। १२ मा माओवादी केन्द्रका यम्बरबहादुर कटुवाल, वडा नं। १३ मा एमालेका सम्भु श्रेष्ठ र वडा नं। १४ मा एमालेकै अम्बरबहादुर मगरले जितेका छन् ।
वडा नं। १० मा मतगणनाका दिन प्रहरीको गोली लागी एक युवाको ज्यान गएको थियो भने एकजना घाइते भएका थिए । सोही घटनाका कारण कटारीको गणना ढिला भएको थियो । वडा नं। ११ का विजयी वडाध्यक्ष हायु सिमान्तकृत जातीमा पर्दछन् ।
योसंगै चार गाउँपालिका र चार नगरपालिका गरी आठ स्थानीय तह रहेको उदयपुरमा अव एकवटा नगरपालिका त्रियुगामा मात्र मतगणना बाँकी छ । त्रियुगामा पनि हिजोदेखि गणना सुरु भएको छ । त्रियुगाको वडा नं। १२ मा मतदान विवादित बनेपछि गणना रोकिएको थियो । सो वडामा पुनःमतदान वा मतगणना गर्ने अन्यौलताकाबीच निर्वाचन आयोगले गणनाको लागि निर्देशन दिएपछि गणना सुरु भएको हो ।
उदयपुरको गाउँपालिकाहरु रौतामाई, लिम्चुङबुङ, ताप्ली र उदयपुरगढीमा प्रमुख र उपप्रमुख दुबै पदमा गठबन्धनले जितेको छ भने बेलका र कटारी नगरपालिकामा प्रमुख पद गठबन्धनले जित्दा उपप्रमुख भने एमालेले जितेका छन् । चौदण्डीगढी नगरपालिकामा भने दुबै प्रमुख पद एमालेको जित भएको छ ।