
पूर्णपुष्टि, जेठ ६ गते ।
उदयपुरको कटारी नगरपालिकामा नेकपा एमालेको अग्रता कायमै रहेको छ । एमालेबाट मेयर पदका उम्मेदवार रहेका ज्ञानेन्द्र श्रेष्ठ २ हजार १ सय ११ मतका साथ अग्रस्थानमा रहेका छन् । यता नेपाली काँग्रेसबाट राजेस चन्द्र श्रेष्ठले १ हजार ९ सय ५६ मतका साथ ज्ञानेन्द्रलाई पछ्याइरहेको छ । स्वतन्त्र उम्मेदवार (जेब्रा छाप) मा कृष्ण प्रसाद बरालले १ हजार ४० मत ल्याउन सफल भएका छन् ।
त्यस्तै, उपमेयर पदमा एमालेबाट २ हजार २ सय २१ मतका साथ गिता खड्काले अग्रता कायम गरेकी छिन् । उपमेयर पदमा माओवादीबाट विनोद कटुवालले १ हजार ८ सय २८ मतका साथ खड्कालाई पछ्याइरहेको छ ।
