Thursday, May 28News That Matters

कटारीमा चट्याङ लागेर ५ जना घाईते

पूर्णपुष्टि, बैशाख ९ गते ।

गत राती परेको चट्याङ लागेर कटारी नगरपालिकाको विभिन्न ठाउँमा पाँच जना घाईते भएका छन् । कनपा–११ बेतीनमा चार जना र ६ नम्बर वडाको रिस्कुमा एक जना गरी छ जना घाईते भएका हुन् ।

बेतीनी निबासी ५५ वर्षीया चन्द्रबहादुर आले मगरको घरमा राती करिब ११ः३० बजे परेको चट्याङ् लागेर चन्द्रबहादुरसहित चार जना घाईते भएको हो । चन्द्रबहादुरको आँखामा, उनको आमा ७० वर्षीया मनमाया मगरको दाहिने कुम र पाखुरामा र उनको श्रीमती ४८ वर्षीया मनकुमारी मगरको दाहिने खुट्टामा सामान्य चोट लागेको छ भने उनको खोरमा बाँधेर राखेको एउटा बाख्रा मरेको प्रहरीले जनाएको छ ।

त्यस्तै स्थानीय रेमबहादुर बलम्पाकी मगरको छोरा १६ वर्षीय सुमन मगरको टाउकोमा सामान्य चोट लगेको प्रहरील जनाएको छ ।  कनपा–६ रिस्कु निबासी मेनुका राईको छोरा १२ वर्षीय अस्मान राईको छातीमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

स्थानीय खुमबाहादुर राईको तीन वाटा सुँगुर र धनकुमारी राईको दुइ वटा सुँगुर मरको प्रहरीले जाएको छ । क्षती भएका पशुचौपायको अनुमानीत मुल्याङ्कन भई नसकेको प्रहरीले जनाएको छ ।