Sunday, February 16News That Matters

कटारीमा थामी समुदाय जग्गा नापीबाट बञ्चित

कटारीका मेयर राजेशचन्द्र श्रेष्ठलाइ पत्र दिदै थामी समुदाय लगायत ।

पूर्णपुष्टि, माघ १२ ।
उदयपुरको कटारी नगरपालिका वडा नं. ३ च्याँगा गाउँमा रहेका अतिसिमान्तकृत थामी समुदाय जग्गा नापीबाट बञ्चित बनेका छन् । बर्षौंदेखि भोगचलन गर्दै आएको आफ्नै जग्गा नापीबाट बञ्चित भएको उनीहरुले बताएका छन् ।
हाल कटारी नगरपालिकाले वडाहरुमा नापीको काम अगाडि बढाउँदा थापी समुदाय रहेको गाउँमा नापेन । नगरपालिकाले छुट्याए पछि १८ घरधुरी थामी समुदायसहित ७५ दलित तथा विपन्न बर्गका घरधुरी नापीबाट बञ्चित भएको उनीहरुले बताएका छन् । आफुहरुलाई नगरपालिकाबाट गैरनागरिकको ब्यवहार भएको गुनासो पूर्णबहादुर थामीले गरे ।
थामी समुदायले सो ठाउँमा आफुहरु २०२९ सालदेखि बसोबास गर्दै आएक बताएका छन् । आसपासको गाउँटोलमा सोही प्रकृत्तिको बसोबास रहेको जग्गामा नापीको काम हुँदा सो ठाउँमा नगरिएको थामी समुदायको भनाई छ ।
उनीहरुले आज संयुक्त हस्ताक्षर र ल्याप्चेसहितको संयुक्त विनेदन पेश गर्दै नगरपालिकालाई नापीका लागि अनुरोध गरेको छ । मेयर राजेशचन्द्र श्रेष्ठलाई पत्र बुझाउदै उनीहरुले आफुहरुलाई भुमिको हक अधिकारबाट बञ्चित नगर्ने आग्रह गरेका छन् ।