
पूर्णपुष्टि, जेठ ९ ।
उदयपुरको कटारी नगरपालिकाको पछिल्लो मतगणनाको परिणाममा प्रमुखमा गठबन्धनतर्फको प्रमुख पदका उम्मेदवार नेपाली काङ्ग्रेसको राजेशचन्द्र श्रेष्ठको अग्रता छ भने उपप्रमुखमा नेकपा एमालेकी गिता खड्काको अग्रता छ ।
प्रमुखमा ३१६ मतको अन्तरले काङ्ग्रेसको श्रेष्ठको अग्रता छ । ४६९५ मत रहेको श्रेष्ठको निकटतम् प्रतिद्वन्द्वि नेकपा एमालेका ज्ञानेन्द्र श्रेष्ठको मत ४३७९ रहेको छ । उपप्रमुखमा फराकिलो मत अन्तर रहेको छ । १७८२ मतअन्तरले एमालेकी खड्का अगाडी छिन् । उनको ४६५२ मत प्राप्त हुँदा निकटतम् प्रतिद्वन्द्वि गठबन्धनतर्फका उपप्रमुख उम्मेदवार नेकपा (माओवादी केन्द्र) का विनोद कटुवालको २८७१ मत रहेको छ ।
प्रमुखमा एमाले र काङ्ग्रेसको अग्रता आलोपालो आउने गरेको छ । तर, उपप्रमुखमा भने सुरुदेखि नै एमालेले अग्रता कायम गरेको छ ।
