Friday, February 7News That Matters

कटारी ट्राफिक प्रहरीको सक्रियता: ३ दिन अघि हराएको मोटर साईकल फेलापारी धनीलाई बुझायो

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

पूर्णपुष्टि, माघ २४

ट्राफिक प्रहरी पोस्ट कटारीले हराएको एउटा मोटरसाइकलहरु फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ।
कटारी ट्राफिकको सक्रियतामा प्रदेश २-०१-० ०१ प ४२५४ नम्बरको मोटर साईकल हराएको फेला पारी सवारीधनी लाई जिम्मा लगाएको छ । मोटरसाईकल हराएर पछि सवारी धनीले सूचना दिए सँगै कटारी ट्राफिकले तत्काल सवारी खोजी कार्य सुरु गरेको थियो। ३ दिन अघि हराएको मोटरसाईकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको ट्राफिक प्रहरी पोस्ट कटारीका इन्चार्ज मनोज श्रेष्ठले बताए।

कटारी नगर पालिका -२ गराँस स्थित सवारी धनी रोशन थापा मगरको घर बाटनै हराएको मोटरसाइकलको खोजी गरी आज सम्बन्धीत धनिलाई ईलाका प्रहरी कार्यलय परिसरमा कार्यालय प्रमुख डिएसपी सुभास राई र कटारी ट्राफिक पोस्ट इन्चार्ज श्रेष्ठले सवारी धनी लाई जिम्मा लगाएका हुन्।

इन्चार्ज श्रेष्ठले सवारी साधन हराएको सूचनाका आधारमा खोजेर सम्बन्धित धनीलाई जिम्मा लगाइएको जानकारी दिए। उनले सवारी साधनलाई चोरीबाट बच्नका लागि सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ्ग गरेको भनि ढुक्क नपर्न, एकै छिन हो भनी अतिरिक्त लक लगाउन अल्छी नगर्न पनि सुझाव दिए।