Monday, June 29News That Matters

कटारी नगर प्रमुख श्रेष्ठको निर्णय : आफ्नो सेवा सुविधा बिपन्न तथा गरिबीको स्वास्थ्य शिक्षामा लगानी

पूर्णपुष्टि, जेष्ष्ठ १६
नवनिर्वाचित कटारीका नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले सोमवार पदवहाली गरेका छन् । श्रेष्ठले जनताका काममा आफु सँधै सहज र सकरात्मक रहने भन्दै पदवहाली गरेका छन् । पदवहालीका क्रममा श्रेष्ठले आफ्नो पहिलो निर्णय समेत प्रस्तुत गरे । उनले नगरप्रमुखको रुपमा आफु निर्वाचित भएपश्चता पदवहाली गरिरहँदा नगरको सेवालाई चुस्त दुरुस्त, पारर्दशी, मित्तव्यी, प्रभावकारी, जनमुखी र सेवाग्राही मैत्री बनाउन सरोकारवालाहरु सँग समन्वय र सहकार्य गर्ने निर्णय लिएको जनाएको छ । उनले यति मात्रै नभई नगरवाट आफुले पाउने सेवा सुविधालाई जनताको भविष्य सँग जोडेर जनतालाई नै सुविधा दिने निर्णय गरेका छन् । आफ्नो सेवा वापत प्राप्त कुनै पनि सुविधालाई कोष स्थापना गरी उक्त कोषबाट बिपन्न तथा गरिबी नगरवासी परिवारलाई शिक्षा स्वास्थ्यमा सहयोग गर्ने निर्णय श्रेष्ठले लिएको छ ।