Wednesday, June 17News That Matters

करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागी दुई युवकको मृत्यु

पूर्णपुष्टि, असोज ५ गते ।

ताप्लेजुङ र झापाका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागी दुई युवकको मृत्यु भएको छ ।
ताप्लेजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिदिङवा गाउँपालिका–३ का २५ बर्षीय बिक्रम ताम्लिङ रहेका छन् ।

सोमवार दिउँसो माछा मार्न भनी साम्सिङ खोलामा गएका ताम्लिङको करेन्ट लागेर मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली घटना स्थल पुगेको थियो । घटना सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यसैगरी झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–१० का २७ बर्षीय ईन्द्र चेम्जोङ रहेका छन्

स्थानीय सेती खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका चेम्जोङलाई उपचारको लागी झापाको बि.एण्ड.सि. अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।