संविधान दिवसको अवसरमा अखिल (क्रान्तिकारी) को आयोजनामा हाजिर जवाफ तथा वक्तृत्वकला

पूर्णपुष्टि, असोज ५
आठौँ संविधान दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन अखिल कान्तिकारी जिल्ला कमिटि उदयपुरले बिभिन्न कार्यक्रम आयोजना गरेको छ । दिवसको अवसरमा ३ र ४ गतेका दिन त्रियुगा जनता बहुमुखी क्याम्पसको प्राङगणमा हाजिरी जवाफ र बक्तृत्वकला प्रतियोगिता गराईएको हो । आयोजकका अनुसार त्रियुगा नगरपालिकाका माध्यमिक तह स्तरीय हाजिर जवाफ सँगै बक्तृत्वकला प्रतियोगिता गराईएको जनाएको छ ।प्रतियोगितामा त्रि.ज.व क्याम्पसका ब्याबस्थापन संकाय शिक्षा सकाय, नमुना माध्यमिक विद्यालय, जनता माध्यमिक देउरी र त्रियुगा मा.बि गाईघाटका बिद्यार्थीहरु उपस्तिथि रहेका थिए । हाजिरी जवाफमा त्रि ज ब क्याम्पसका शिक्षा सकायका प्रथम, ब्यबस्थापन तर्फका विद्यार्थीहरु दोस्रो र त्रियुगा मा। बि गाईघाट त्रितिय भएका थिए । यता बक्तृत्वकला प्रतियोगितामा उदसी मा।बि जलजले प्रथम, त्रियुगा मा ।बि गाईघाट दोस्रो र त्रि जनता बहमुखी क्याम्पस तेस्रो भएका थिए । कार्यक्रममा पहिलो दोस्रो र तेस्रो हुने सहभागीहरुलाई पुरस्कार र डायरी प्रदान गरिएका थिए । कार्यक्रम सगठनका केन्द्रिय सदस्य बिमल कार्किको प्रमुख आतिथ्यता तथा माओवादी केन्द्र त्रियुगा नगर कमिटी सह इन्चार्ज रुद्र अधिकारि, १६ नं वडा अध्यक्ष मान वहादुर राई, शिक्षक संगठनका जिल्ला अध्यक्ष राधामरण खतिवडा, क्रान्तिकारी वरिष्ठ उपाध्यक्ष नारायण थापा लगायतको बिषेश अथिति रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0