
पूर्णपुष्टि, भदौ ७
ईलाममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । रोङ गाउँपालिका–६ सलकपुर कि ५० वर्षीया मैस्याङ तामाङको करेन्ट लागेर ज्यान गएको हो ।
आईतबार साढे १० बजे आफ्नै पुरानो घरमा घाँस काट्नको लागी घास काट्ने मेशिनमा लाईनमा जोड्न जाँदा मेशिन माथी राखेको सुईटर बेरिन गई स्वईटर निकाल्ने क्रममा करेन्ट लाग्दा तामाङ गम्भीर घाईते भएकी थिइन् । घाईते भएकी तामाङलाई उपचारको लागी लैजान घरमा ल्याई पु¥याउदा दिउसो ११ बजे उनको मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी जिर्मले र ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
