Sunday, June 21News That Matters

करेन्ट लागेर महिलाको ज्यान गयो, दुई पुरुष पक्राउ

पूर्णपुष्टि, जेष्ठ १८

करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । रौतहट परोहा नगरपालिका–४ की २२ वर्षीया गुडियादेवी पासवानको करेन्ट लागेर ज्यान गएको हो ।

स्थानीय तिलाई राय यादव र रामविनय राय यादवले नजिकै रहेको बिजुलीको पोलबाट नांगो तार जडान गरेर मकैबारीमा घेरा लगाएको बेला सोही तारमा अल्झेकी पासवानको ज्यान गएको प्रहरीले जनाएको छ ।

पासवानको मृत्यु पश्चात फरार रहेका दुवैजनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताउनुभयो । १२ कठ्ठा जग्गामा लगाएको मकैबालीलाई जनावरबाट सुरक्षित राख्न करेन्ट प्रवाह गरेको बेला शौच गर्न बाहिर गएकी पासवान तारमा अल्झिएकी थिइन् । पक्राउ परेका दुवैजनालाई जिल्ला अदालतबाट ९ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शाहले बताउनुभयो ।