
सुनसरी, भाद्र २
सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बर्जु गाउँपालिका५– मा रहेको ईस्टन सुगरमिलमा कार्यरत स्थानीय ४२ बर्षीय तेज नारायण चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।
आज बिहान १० बजे उक्त मिलमा काम गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका चौधरीलाई गोल्डेन अस्पतालमा उपचारको क्रममा साँढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
