कर दिवसमा कर्मचारी रेख मगर पुरस्कृत

पूर्णपुष्टि, मंसिर ३ ।
दशौं राष्ट्रिय कर दिवस २०७८ को अवसरमा उदयपुर जिल्ला स्थित करदाता सेवा कार्यालय गाईघाटका कर्मचारी रेख मगर पुरस्कृत भएका छन् । उत्कृष्ट कार्यसम्पादन गरेकोमा उनी पुरस्कृत भएका हुन् ।

दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय लहानमा मंसिर १ गते आयोजित कार्यक्रममा मगर पुरस्कृत भएका हुन् । मगरको उत्कृष्ट काम मात्र नभई सेवाग्राहीलाई मैत्री ब्यवहार र नम्र बोली पनि रहेको छ ।

सो अवसरमा उदयपुर जिल्लाबाट सबैभन्दा बढी कर तिर्ने सुचिमा नविन निरौला परेका छन् । उनी पनि पुरस्कृत भए । दिवस मनाएसंगै हाल कर सप्ताह कार्यक्रम चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: