
जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय रहेको बताएका छन्। भट्टराईले अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं भन्दै आग्रह गरेका छन्।
भट्टराईले एक स्टाटस लेख्दै आ-आफ्ना दलका फरक एजेण्डा हुन्छन् तर ती सबै भन्दामाथि देश,जनता र लोकतन्त्रको आवस्यकता/प्रथमिकता हुने बताएका छन्। उनले लेखेका छन्, “अन्तत:प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ।अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं।आआफ्ना दलका फरक एजेण्डा हुन्छन् तर ती सबै भन्दामाथि देश,जनता र लोकतन्त्रको आवस्यकता/प्रथमिकता हुन्छ। आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै हो है!”
