
पूर्णपुष्टि, जेष्ठ २
काठमाडौंमा निषेधाज्ञाको समयमा जुवातास खेल्ने पाँचजना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । नागार्जुनका ५० वर्षीय भाइराजा शाही ठकुरी, ५० वर्षीय मीनबहादुर रिजाल, २६ वर्षीय पर्वत खड्का, ४७ वर्षीय कृष्ण बिडारी र ३७ वर्षीयकुमार लामालाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरिको किटानी भञ्ज्याङस्थित न्यू सफल भ्याली रेष्टुरेन्ट एण्ड रिसोर्टको कोठाभित्र जुवातास खेली रहेका उनीहरुलाई प्रहरीले नियन्त्रमा लिएको थिए । प्रहरीले उनीहरूको साथबाट रु. १ लाख ५ हजार ५ सय नगद र तास बरामद गरेको छ ।
पक्राउ परेका पाँचै जनालाई जुवा ऐनअन्तर्गत म्याद थप गरी कारवाही गरिने प्रहरीले जनाएको छ ।
